प्रेस विज्ञप्ति

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । सोल्टिमोड, काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गत आइतबार १३ गतेका दिन प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरे ।

द सोल्टि होटेल ग्रुप अन्तर्गत द सोल्टि होटेल एण्ड रिसोर्ट, सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुर सँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने बैंकले जनाएको छ ।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणाली द्वारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

विगत ५ दशक भन्दा बढी देशको पर्यटन क्षेत्रमा द सोल्टि होटेल समूहले योगदान गर्दैआएको छ भने त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधि बाट सम्मानित प्रभु बैंक लि।को नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ विश्वास दिन्छौँ मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *