कांग्रेसको बिरोधकाबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसले वेल घेराउ गरी नारा जुलुस लगाइरहँदासमेत प्रधानमन्त्रीले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रश्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभामा आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि एक घण्टाको समय छुट्याएर छलफल जारी छ ।

अहिले नेकपा एमालेको तर्फबाट उपाध्यक्ष एवं सांसद विष्णुप्रासद पौडेलले आ.व. २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *