भास्कर आई केयर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई विराटनगर–७, मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि लि (BEGCPL)ले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी गरेको छ ।

एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख व्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्र मा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा.लिमा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिले निरन्तर स्तरीय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा परामर्श तथा उपचार सेवाहरूमा १००० देखि १५०० सम्मको छुट व्यवस्था रहेको छ ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *