डा. इन्द्रजीत रास्वपाका सदस्य, उनैले दिएका थिए कैलाश सिरोहियाविरुद्ध उजुरी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![डा. इन्द्रजीत रास्वपाका सदस्य, उनैले दिएका थिए कैलाश सिरोहियाविरुद्ध उजुरी](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/dr-indra.png)
काठमाडौं । नागरिकता किर्ते गरेको आरोपमा प्रहरीले मंगलबार कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्यो । उनीविरूद्ध सर्लाही हरिवनका डा. इन्द्रजीत महतोले गत वैशाख वैशाख १६ गते प्रहरीमा जाहेरीमा दिएका थिए । उनी को हुन् भन्ने जिज्ञासा धेरेको मनमा उब्जिएको छ ।
सिरोहियाको जन्ममिति २०१९ राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै रहेको महतोकोको दाबी थियो । मंगलबार सिरोहिया पक्राउ परेपछि कान्तिपुरले बुधबार गृहमन्त्री रवि लामिछानेले आफ्ना स्वकीय सचिव दीपक बोहरालाई सिरोहियाविरूद्ध जाहेरी दिन लगाउन जनकपुर खटाएको दाबी गर्दै समाचार लेख्यो ।
कान्तिपुरले भनेजस्तै कैलाश सिरोहियाविरुद्ध उजुरी दिने डा. इन्द्रजीत महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रहेको खुलेको छ । उनी हाल रास्वपाका प्रदेश सदस्य छन् । तर, उनी पहिलैदेखि भने रास्वपामा थिएनन् । डा. महतो नेपाली कांग्रेस हुँदै नेकपा एमालेको राजनीतिमा सक्रिय रहेको बताइन्छ ।
एमाले त्यागेर २०७९ को आम चुनावमा डा. महतोले सर्लाही क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभा सदस्यको निम्ति स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनाव हारेपछि उनी रास्वपा प्रवेश गरेका हुन् । धरानमा प्राध्यापक समेत भइसकेका उनी पेशाले डाक्टर हुन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)