लक्ष्मी सन्राईजको अगुवाईमा बैंकहरू र बागमती हाइड्रोबीच आयोजनामा लगानी गर्ने सम्झौता

काठमाडौँ । लक्ष्मी सन्राईज बैंक लि.को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।

सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत् विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रकशन रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदकर संस्थापकहरूको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सन्राईज बैंकको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको जनाएको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र ऊर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रूपमा रहने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *