प्रधानमन्त्रीले पेलेरै विश्वासको मत लिएपछि कांग्रेसले बोलायो विपक्षी दलको बैठक

काठमाडौं । संसद्मा निरन्तर विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

आजको बैठकको समीक्षा र आगामी बैठकको रणनीति बनाउनका लागि विपक्षी दलको बैठक बोलाइएको कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए । विपक्षी दलको बैठकपछि संसदीय दलको बैठक बस्ने उनले बताए ।

संसद् बैठकअघि कांग्रेसले विपक्षी दलहरुसँग छलफल गरेको थियो । त्यसअघि कांग्रेसले संसदीय दलको बैठकमा संसद्मा प्रस्तुत हुने विषयमा रणनीति बनाएको थियो ।

विपक्षी दलको बैठक र संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *