नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्‍याउँछु : सन्दीप लामिछाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउने गरी टेवा पुर्‍याउँछु  प्रतिबद्धता जनाएका छन् ।

बुधवार सफाइपछि उच्च अदालत, पाटन पुगेका सन्दीपले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले अदालतको फैसलालाई पहिले पनि सम्मान गरेको र अहिले पनि सम्मान गरेर अगाडि बढ्ने बताए ।

समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने ‘साढे एक वर्षदेखि नै म आफूलाई निर्दोष छु भनेर भनिराखेको थिए। धेरै नै तरिकाले फसाएर मलाई नभएको अपराधको दोषी करार गरिएको थियो।’

उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिए । उनले आफू अदालतको फैसलालाई मानेर अघि बढ्ने बताए ।

’मैले पहिला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिएँ र अहिले पनि उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्नेछु’, उनले भनेका छन् ।

त्यस्तै, उनले समर्थकहरूलाई आभार व्यक्त गर्दै नेपाली क्रिकेटलाई आगामी दिनमा अझ माथि पुर्याउने गरी टेवा पुर्याउने प्रतिबद्धतासमेत जनाए ।

’यो समयमा जतिपनि मान्छेहरूले मलाई साथ दिनुभएको छ, त्यसको लागि आभारी छु । आगामी दिनहरूमा जति हुनसक्छ आफ्नो प्रयास गर्नेछु, नेपाली क्रिकेटलाई जहाँ मैले पुर्याएको थिएँ, त्यो भन्दा माथि पुर्याउन’, सन्दीपले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *