चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ, वसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. (CNHMI) र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरूलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट  (CNHMI)  का हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO) रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्र (MOU) मा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) मा पेस गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) र मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI)  ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट (CNHMI) का व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *