विद्यालय पाठ्यक्रममा नै खेल विषय समावेश नहुँदासम्म ओलम्पिकमा पदक कठिन- टंकलाल घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदलाई विद्यालय तहदेखि नै पाठ्यक्रम र अनिवार्य शिक्षाका रूपमा अगाडि बढाउन नसके ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्न जटिल हुने बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राखेप सदस्यसचिव घिसिङले यस्तो बताएका हुन् । सदस्यसचिव घिसिङले समितिले खेलकुदकाबारे चासो व्यक्त गरेकोमा धन्यवाद दिँदै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न विद्यालयदेखि नै खेलकुद विषयमा समावेश गराउनुपर्ने आवश्यकता औँल्याए । साथै उनले यस विषयमा प्रस्ताव तयार पारेर युवा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको र अब समितिमा पनि यो विषयमा छलफल अगाडि बढाइदिन आग्रह गरे ।

नेपालमा एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला रहेको र त्यो पनि अत्यधिक प्रतियोगिताका कारण केही समय अगाडि बिग्रिएको स्वीकार गरे । त्यस कारण पनि अयोग्य हुँदा विश्वकप छनोटचरण अन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमेको बताए । त्यस दिनदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट रंगशाला संरक्षणको जिम्मेवारी खोस्दै राखेपले नै संरक्षण गर्दै आएको सदस्यसचिव घिसिङले उल्लेख गरे ।

अहिले कन्सल्टेन्टलाई नै उक्त मैदानको घाँस व्यवस्थापनको जिम्मेवारी दिइएको सदस्यसचिव घिसिङको भनाइ छ । उनले अहिले घाँसे मैदान राम्रो रहेको पनि प्रष्टयाए । यद्यपि, पछिल्ला समय खेलकुद निकायकै जानकारीबिना नै एएफसीका प्रतिनिधिले केही फ्लड लाइट र दर्शकको सुरक्षा टेक्निकल विषयमा समस्या देखाएको एन्फामार्पmत जानकारी पाएको उनको भनाइ छ । त्यस कारण रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको आफूमा जानकारी प्राप्त भएको उनको भनाइ छ । उनले के कारणले मान्यता गुमेको भन्ने लगायत विषयमा एएफसीले कुनै छलफल नगरेको पारे ।

राखेप सदस्यसचिव घिसिङले विश्वकप छनोट चरणको संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेल आउन २७ दिन बाँकी रहेको र यसबीच एएफसीले देखाएको समस्या हट्ने वातावरण रहेको पनि प्रष्ट पारे । सथर्ककको सुरक्षा, फ्लड लाइटमा देखिएका समस्याबारे समाधान छिट्टै हुने विषयमा एन्फामार्पmत एएफसी र फिफालाई पनि जानकारी पठाएको र त्यसको सकारात्मक प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव सुमनराज अर्यालले केही टेक्निकल विषय र समर्थकको सुरक्षाका विषयमा फिफा र एएफसीले रिपोर्ट गरेको उल्लेख गर्दै ती विषय समाधान गर्न पाँच दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको बताए । उनले केही रंगशालाको अवस्थामा बारे प्रतिवेदन तयार गर्न मन्त्रालयकै खेलकुद महाशाखा प्रमुखको संयोजत्वमा समिति गठन गरेको पनि बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले इण्डोनेसियामा भएको फुटबल प्रतियोगिताका दौरान भएको मानवीय क्षतिपछि फिफा र एएफसीले समर्थकको सुरक्षाका विषयमा चासो राख्दै आएको प्रष्ट पारे । यसैअनुरूप पनि फिफा र एएफसीले रंगशालाका बारेमा चासो राख्दै आगामी खेल हुन नसक्ने जानकारी दिएको एन्फाका अध्यक्ष नेम्वाङले उल्लेख गरे ।

उनले एन्फा खेलकुद निकायसँग यी विषय समाधान गर्न तयारी रहेकोबारे एएफसीलाई पत्र पठाएको र त्योबारे सकारात्मक नतिजा आउने को विश्वास गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *