मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी : विकासमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तर्देशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् ।

उनले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको पनि बताइन् । उनले लेखा परीक्षकहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गरिन् ।

उनले भनिन् ‘हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाब मिलाउनुहुने लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईँहरूको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तर्देशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरूमा सुदृढ र नवीन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।’

मन्त्री ज्वालाले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाबको खर्चको प्रणालीको पारदर्शिता रहेको बताइन् । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने बताइन् । विकास निर्माणको नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *