लागु औषध कारोबारी समात्न चलाउन पर्‍यो गोली

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो ।

काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो ।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । बायाँ खुट्टामा गोली लागेका उनको भेरी अस्पतालमा उपचार भइरहेको बाँकेका एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।

सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *