छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौं, कीर्तिपुर नगरपालिका–१० आयुर्वेदिक हस्पिटलस्थित सडकमा बा.३ ख २०२७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार टोखा नगरपालिका–८ बस्ने ४२ वर्षीय डा.गोबिन्द रिजालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र बस चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै कपिलवस्तु, कपिलवस्तु नगरपालिका–९ जर्लैया बस्ने ७५ वर्षीय राजकुमार यादबको साइकलबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०१–००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *