आज कति छ सुनचाँदीको मूल्य ? 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने ५ रुपैयाँ प्रतितोलाका दरले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *