भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा प्रहरीद्वारा नष्ट

काठमाडौँ । भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको १ सय ६ वटा बोइलर कुखुरा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको १ सय ६ वटा बोइलर कुखुरा नष्ट गरेको हो ।

प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका–७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।

भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गिरीका अनुसार नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको छ ।

बुधबार नियन्त्रणमा ल्याइएको कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *