तीव्र गतिको बाइक अनियन्त्रित भएर घरमा बजारियो, दुई युवकको मृत्यु

काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवमको मृत्यु भएको छ । दुर्घटनामा परी नगरपालिका-३ बसेनीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो ।

गएराति १२ बजे तीव्रगतिमा रहेको ना २२प ३४४४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा पर्ने रत्ननगर नगरपालिका-४ का सुमन गदालको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि गम्भीर भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भएर घरको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *