सेमिफाइनलको पहिलो लेगमा पीएसजी पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा डोर्टमण्डले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितसंगै डोर्टमण्डले सेमिफाइनलमा १-० को अग्रता हासिल गरेको छ । अब दोस्रो लेग पीएसजीको घरेलु मैदानमा आगामी मंगलबार खेलिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *