बझाङ उपनिर्वाचन : एमालेको अग्रता कायमै, माओवादी दोस्रो

काठमाडौँ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता कायमै छ ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले १५०५ मत पाएका छन् ।

त्यस्तै माओवादी केन्द्रमा उम्मेदवार जनक बुढा दोस्रो स्थानमा रहेका छन् । उनले ९९५ मत पाएका छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंह छन् । उनले ९१८ मत पाएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ मत पाएर चौथोँ स्थानमा छन् भने राप्रपाका किशोर खड्काले २० मत पाएका छन् । ६७ मत बदर भएका छन् ।

बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *