बझाङ उपनिर्वाचन : एमालेको अग्रता, दोस्रोमा कांग्रेस

काठमाडौँ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको चुनावमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी सबैभन्दा अगाडि छन् ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ७५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ११५ मत प्राप्त गरेका छन् ।

त्यस्तैगरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मतप्राप्त गरेका छन् भने २८ मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *