उपनिर्वाचन

बझाङमा एमालेका भण्डारीको सुरुवाती अग्रता

काठमाडौँ । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको चुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

छबिसपाथिभेरा–२ को मत गणनामा एमालेका दमन भण्डारीले अग्रता लिएका हुन् ।

४०३ मत गणना हुँदा एमालेका भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *