फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ६ सय पुगेको हो ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *