१६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको लक्ष्य पूरा हुँदैन : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे । उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताए । उनले योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरूको पहिचान गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘जबसम्म स्थायित्व आउन सक्दैन, तबसम्म हाम्रो लक्ष्य प्राप्त हुन सक्दैन । अहिले पनि १६ औं योजनाले लक्ष्य ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य निर्धारण गरेको छ, त्यो लक्ष्य हुने सम्भावना देखेको छैन ।’

पूर्वअर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने बताए । उनले लक्ष्यअनुरुपोका प्राथमिकता नहुँदा समस्या आइरहेको बताए । उनले अहिलेको सबैभन्दा ठूलो समस्या साधारण खर्च रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *