भक्तपुरको ओमसाई गाई फर्ममा आगलागी, १८ चौपाया मरे

सूर्यविनायक नगरपालिका–१, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ।

स्थानीय ईश्वर न्यौपानेले सञ्चालन गरेको फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा रु २१ लाख ९० हजार बराबरको क्षति भएको सञ्चालक न्यौपानेले जानकारी दिए।

गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उनले बताए।

आगो लागेपछि स्थानीयवासी, प्रहरी, जुद्ध बारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टा पछि आगो निभाएका थिए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *