लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भूमिकालाई परिष्कृत गर्नुपर्छ : सुनिता बराल

काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भुमिका थप परिष्कृति बनाउन जरुरी रहेको बताएकी छन् ।

लोकतन्त्र दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित ‘लोकतान्त्रिक प्रणाली नीति, नेतृत्व र नैतिकता’ विषय छलफल कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र नागरिक समाजले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफ्नो भुमिका थप परिष्कृत बनाउनुपर्ने बताएकी हुन् ।

सचेतक बरालले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राखिन् । उनले हालसम्म प्राप्त अनुभव र अनुभूतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनैपनि समस्या नहुने विश्वास व्यक्त गरिन् । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमानदार ढंगले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भनिन् ‘लोकतन्त्रलाई बलियो बनाउनका लागि तपाई, हाम्रो भूमिकाहरू थप परिष्कृत बनाउन जरुरी छ । अनुभव र अनुभूतिका विषयहरू कहिल्यै पनि गलत हुँदैनन् भन्ने कुरामा म तपाईहरुसँगसँगै छु । तर यो सँगसँगै तपाई हामीले सहकार्य गर्दैगर्दा सामाजिक संरचना भित्र देखिएका नैतिकता विषय र हामीले नेतृत्वलाई गर्दै आएको खबरदारीको विषयलाई भने सँगसँगै निरन्तरता दिऊँ । यसैबाट पक्कै पनि हामीले परिकल्पना गरेजस्तो सुखी नेपालीस् समृद्ध नेपाललाई पूरा गर्नका लागि सफल हुने विश्वास र सकारात्मक ऊर्जाका साथ सबैलाई लोकतन्त्रको दिवसको अवसरमा शुभकामना दिन चाहन्छु ।’

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *