गेस्ट हाउसमा मृत भेटिए महिला र पुरुष, महिलाकी छोरी सकुशल

काठमाडौँ । जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो । होटेलको कोठा भित्र चुकुल लागेको अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

मंगलवार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । मृतक पुरुषका चार र महिलाको १ सन्तान छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *