सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको अवसरमा ‘Planet vs Plastic’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ ।

बैंकले यस दिवसको अवसरमा सरसफाइ र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरेको थियो । बैंकले सरसफाइ कार्यक्रम अन्तर्गत देशकोसातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारे सचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘Planet vs Plastic’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।

यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदूषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडले देशैभरि फैलिएको आफ्ना १९६ वटा शाखा (५ वटा एक्स्टेन्सन्काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *