कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *