युवालाई मध्यनजर गर्दै सिटिजन लाइफको ‘जेन जेड’ कार्यक्रम सञ्चालन

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले युवा पुस्ताहरूलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । युवा वर्गहरूलाई भविष्यका लागि जीवन बीमा र लगानीको महत्व बारे बुझाउन उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

सिटिजन नेपालको जीवन बीमा कम्पनीहरू मध्ये कान्छो कम्पनीहरूमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरू पनि धेरै जसो युवा उमेर समूहकै छन । त्यसैले यस कम्पनीले सधैँ जोस र जागरका साथ नयाँ र आक्रामक रणनीति लिएर व्यापार प्रतिस्पर्धा उच्च स्थान हासिल गरी सधैँ आफूलाई प्रमाणित गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरू आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरूमा सहभागी हुने साथै विभिन्न खेलकुद प्रतियोगिताहरूमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ ।

साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृति परिभाषाका कर्मचारीहरू मध्य विविधतामा समावेशिताको भावना जगाउनका लागी विभिन्न संस्कृति कार्यक्रमहरूको आयोजना गराउने तयारी गरेको छ ।

पछिल्लो समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालन लगायत अनलाइन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलेको सुरुवात गर्ने पहिलो कम्पनी हो ।

अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिष्कृत गर्दै यस क्रमलाई अझै सक्रिय र अप टु डेट बनाउने प्रयास गरिरहेको जनाएको छ । जसका लागी कम्पनीको व्यवस्थापन समूहले अनुसन्धान, विकास र प्रविधिमा लगानी बढाउने तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *