नेपाल रेडक्रसले गैर- संक्रामक रोग न्यूनीकरणमा काम गर्ने

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले पश्चिमी नेपालका नगरपालिकाहरूमा गैर–संक्रामक रोगको जोखिम कम गर्ने अभियान सुरु गरेको छ ।

सोमवार रेडक्रस सोसाइटीले काठमाडौंमा एक कार्यक्रम गरी उक्त अभियानको सुरुवात गरेको हो । रेडक्रसले लामो समयदेखि विपद् पूर्वतयारी तथा प्रतिकार्यमा काम गर्दै आर्ईरहेको अवस्थामा गैरसंक्रामक रोग विरुद्ध पनि काम गर्नु महत्वपूर्ण कदम रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, डेनिस रेडक्रसको संयोजन तथा आरहंस विश्वविद्यालय र क्यानेडियन रेडक्रसको साझेदारीमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका दुई पालिकाहरू भजनी नगरपालिका र लालझाण्डी गाउँपालिकामा परियोजना सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले बताए । उनले विभिन्न अध्ययन तथा तथ्याङ्कका आधारमा विश्वव्यापी रूपमा हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्याहरू र दीर्घकालीन श्वासप्रश्वास रोगहरू सहित विभिन्न गैरसंक्रामक रोगहरूले लगभग ४ करोड मानिसहरूको मृत्यु हुने गरेको देखिएको बताए ।

उनले कम आय र मध्यम आय भएका देशहरूमा हुने गैरसंक्रामक रोगहरूको कारण वित्तीय भार सन् २०११ देखि २०३० को बीचमा आश्चर्यजनक रुपमा २१.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको बताए । उनले प्राकृतिक प्रकोप र आपतकालिन समयहरूमा गैरसंक्रामक रोगहरूले जटिलता थप्दै लगेको बताए । उनले नेपालले बाढी, पहिरो, भूकम्प, खडेरी र महामारी लगायतका प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको बताए ।

उनले नेपाल रेडक्रसले सन २०१८ देखि बाढी पूर्वतयारी तथा पूर्वकार्यका लागि अनुसन्धान, तथ्याङ्क तथा सूचनालाई केन्द्रबिन्दुमा राखी नवीनतम प्रयोग गर्दै आइरहेको बताए । उनले परियोजनाले विद्यमान पूर्वानुमानमा आधारित पूर्वकार्यको सिकाइको आधारमा अन्य संकटासन्न समूह जस्तै गैरसंक्रामक रोग लागेका मानिसहरूलाई पनि पूूर्वसूचना र पालिकाको विद्यमान पूर्वकार्य कार्य ढाँचा भित्र ल्याई विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा सुदृढ पहुँच सुनिश्चित गर्दै गैरसंक्रामक रोग लागेका मानिसहरूको उत्थानशीलतामा अभिवृद्धि गर्नका लागि पहल गर्ने बताए ।

रेडक्रसले गैरसंक्रामक रोग लागेका मानिसहरूको मात्र नभई समुदायको उत्थानशीलतामा सहयोग पुर्याउनका लागि यस परियोजनालाई पहिलो पाइलाको रुपमा लिएको जनाएको छ । यो अभियानले परियोजनाको उपलब्धिले नेपाल रेडक्रसलाई पारम्परिक काम गराइबाट वैज्ञानिक रुपमा काम गर्नका लागि रूपान्तरण गर्न मदद्त गर्ने आशा राखेको छ यस परियोजनामार्फत नेपाल रेडक्रस सोसाइटिको विद्यमान औजार र अवधारणा परिमार्जित गर्दै संस्थागत पूर्वतयारी लागि समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *