कतारका राजाको नेपाल भ्रमण सुनौलो अवसर (भिडिओ)

काठमाडौँ । नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरूले बताएका छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरूको भनाई छ ।

उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए ।

उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए । कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए ।

उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्ने उल्लेख गरे । उनले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताए ।

अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताए ।

कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्नसके धेरै फाइदा हुने बताए । उनले कतारसँग नेपालमा ३ लाख ५० हजार भन्दा बढी घरघुरी जोडिएकाले नेपाल अनुकूल श्रम सम्झौता गर्न आवश्यक रहेको बताए ।

यस्तै परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए । उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए ।

उनले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताए । सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरुसँग कुनै शत्रुता नभएको दाबी पेस गर्न आवश्यक रहेको बताए ।

उनले विपिन जोशीलाई हमासबाट उद्धारको लागि नेपाल सरकारले कूटनीतिक प्रयोग गर्ने समय आएको दाबी गरे ।

उनले सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्त्व दिन आवश्यक रहेको बताए । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *