प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा भोलिबाट हुने कतारका राजाको भ्रमणको बारेमा छलफल हुनेछ । कतारका राजा मोहम्मद बिन अल थानी भोलि नेपाल आउँदैछन् ।

आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय गर्ने पनि जनाएको छ । नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस भएका छन् । दुई एसएसपी डीआइजीमा बढुवा सिफारिस भएका छन्। त्यसको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा बजेट अधिवेशन आह्वानको सिफारिस हुन सक्नेछ । गत चैत ३० गते अन्त्य भएको हिउँदे अधिवेशन आह्वानका लागि सिफारिस हुन सक्छ । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।

बैठकमा लगानीमैत्री वातावरण बनाउन केही ऐनहरु संशोधनको लागि अध्यादेश समेत ल्याउने सम्भावना छ । सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ ।

‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले धनगढीमा आइतबार भनेका थिए, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’ संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *