रियल म्याड्रिडले बार्सिलोनालाई हरायो

काठमाडौं । रियल म्याड्रिडले स्पेनी ला लिगामा बार्सिलोनालाई हराएको छ । बर्नाबाउमा भएको खेलमा रियलले बार्सिलोनालाई ३-२ ले परााजित गरेको हो ।

बार्सिलोनाले आन्द्रेस क्रिस्टेनसनको गोलले छैटौं मिनेटमा अग्रता लिएको थियो । लगतै १८ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए । फेरमिन लोपेजले बार्सिलोनालाई दोस्रो पल्ट अग्रता दिलाएपछि लुकास भाजक्वेजले फेरि बराबरी गरे । खेलको अन्त्यतिर जुड वेलिङघमले निर्णायक गोल गरेसँगै रियल विजयी भएको हो ।

‘एल क्लासिको’ मा प्राप्त यस जितपछि रियलले लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ । आइतबारका अन्य खेलमा भिल्लारियलले आल्मेरियालाई २-१ र एलाभेसले एटलेटिको म्याड्रिडलाई २-० ले हरायो । गेटाफे र रियल सोसिडाडले भने १-१ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *