मुक्तिनाथ बैंकद्वारा ‘कृतिम हात’ वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल संस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरूबाट बसोबास गर्ने र कृतिम हातको आवश्यकता पर्ने बालबालिकाहरूलाई चाहिने कृतिम हातहरू वितरण गरेको छ ।

एक कार्यक्रम बीच , बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल संस्थाका पदाधिकारीबाट सोही कृतिम हातहरू बालबालिकाहरूलाई वितरण गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, बालबालिकाहरूका अभिभावक र ईनेबल नेपाल संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । हालमा बैंकले ५ थान कृतिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृतिम हातहरू वितरण गर्ने बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सोही लाभकारी बालबालिकाहरुको जीवनमा सकरात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको प्रयोग गरी नेपालभरि रहेको मा आबद्ध अन्य जुन सुकै बैंकको बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *