चेल्सीलाई पन्छाउँदै सिटी फाइनलमा

काठमाडौँ । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।म्या

नचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राती हुँदैछ ।

एफए कपको फाइनल भने मे २५ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *