धरौटी नबुझाउँदा दीपेश पुन र नवीन अछामी कारागार चलान

अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन कारागार चलान भएका छन्।

जिल्ला अदालत रुपन्देहीले माग गरेको चार लाख रुपैयाँ धरौटी नबुझाएपछि दीपेशलाई र १० लाख धरौटी नबुझाएपछि नविन अछामेलाई कारागार लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले बताए।

सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका नवीन अछामीलाई पनि कारागार चलान गरिएको छ । अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको एसपी राठौरले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । सहकारी ठगीका नाइके जीबी भन्ने गितेन्द्र बाबु राईसहित फरार प्रतिवादीहरुको हकमा म्याद जारी गरेको छ।

शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ ।

अदालतले दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको थियो ।

उनीहरू धरौटी बुझाएर छुटेका छन्। जीबी राईसहित १९ जना फरार छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *