छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु, फरार चालकहरूको खोजी गरिँदै

काठमाडौँ । रौतहट, चन्द्रपुर नगरपालिका–४ टेकान टोलस्थित सडकमा प्रदेश २–०३–००१ ह २६१ नम्बरको टेम्पोबाट लडेर टेम्पोमा सवार मकवानपुर बकैया गाउँपालिका–१ बस्ने ४५ वर्षीय दिल बहादुर जिम्बाको बिहीबार साँझ मृत्यु भएको छ ।

टेम्पोबाट लडेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, विदेह नगरपालिका–७ बेलापट्टीस्थित सडकमा म.प्र ०२–००७ प २९४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम रतन मण्डलको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सिता अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका–४ कोप्चेबासस्थित सडकमा सुपा देउरालीदेखि दाङतर्फ जाँदै गरेको रा.१ ख १५०५ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा सोही नगरपालिका–८ बस्ने १३ वर्षीय प्रज्वल बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार ११ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य १७ जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । बस चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, शान्तिनगर गाउँपालिका–५ काशिपुरस्थित सडकमा ना.४ ख ६९४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–५ बस्ने ६० वर्षीय फक्ला चौधरीको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका–५ धारवतीमा दोलखा क्षमावतीबाट पिस्करतर्फ जाँदै गरेको बा.४ ख ५६१६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका चालक सहित ७ जनाको सिन्धु सदाबहार लामोसाघु अस्पताल र ४५ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका–९ दमरपति पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही नगरपालिका–९ बस्ने २५ वर्षीय बबी दनुवारको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *