साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

काठमाडौं । साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो ।

रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *