च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न आज राति सिटी र रियल, बार्यन र आर्सनल भिड्दै

युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलका अन्ति खेल हुँदैछन्। दोस्रो लेगका अन्तिम खेलमा राति पौने एक बजे म्यानचेस्टर सिटी र रियल म्याड्रिड आमनेसामने हुँदा आर्सनलले बायर्न म्युनिखको सामना गर्नेछ।

यी चारवटै टोलीले पहिलो लेग बराबरी खेलेका छन्। सिटी र रियल म्याड्रिडले तीन तीनको बराबरी खेल्दा आर्सनल र बायर्नले दुई दुई गोलको बराबरी खेलेका छन्। आजका खेल सिटी र बार्यनको मैदानमा हुनेछन्।

यसअघि गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि उत्कृष्ट पुर्नरागमन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। घरेलु मैदानमै पछि परेको पीएसजी गएराति पनि खेलको सुरुमै गोल खाएको थियो।

एक समय जितका लागि तीन गोल आवश्यक परेको पीएसजीलाई बार्सिलोनाका डिफेन्डर अरौजोले रेडकार्ड खाएपछि भाग्य चम्कियो। ४–१ को नतिजा निकाल्दै उसले सेमिफाइनलमा स्थान बनाएको हो।

अर्को खेलमा पनि बोरुसिया डर्टमण्डले नतिजा उल्ट्याएको हो। पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग २–१ ले पछि परेको थियो। तर घरेलु मैदानमा उत्कृष्ठ प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *