११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ वर्षीय अर्जुन सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *