सल्यानमा पुलबाट बस खस्यो, थप विवरण आउँदै 

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बिहान करिब ११ बजेतिर बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।

बस पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनाका घाइतेलाई अहिले प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ नविन कार्कीले बताए ।

बस दुर्घटनाका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन थालिएको उनले जानकारी गराए । बस दुर्घटनाको कारण भने खुल्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *