रहेनन् साहित्यकार प्रकट पगेनी

पोखरा । साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनीको निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *