राप्रपा आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन

श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजे चाबहिलस्थित कार्यालयमा राखिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा सहभागी डाँगी प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर घाइते भएका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, डाँगीलाई प्रहरीले हानेको अश्रुग्यास लागेपछि श्वासप्रश्वासमा समस्या देखिएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको थियो । उपचारका क्रममा डाँगी सोमबार निधन भएको छ । सो घटनापछि डाँगीलाई श्वासप्रश्वास र टाउकोलगायतमा समस्या देखा परेको थियो । डाँगीमा उच्च रक्तचाप पनि देखिएको थियो ।

राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष समेत रहेका डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने श्रेष्ठले बताए ।

सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले गत चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *