कक्षा ८ मा सबै विद्यार्थी फेल भएपछि हेडसरले दिए राजीनामा

बैतडी । कक्षा ८ को नतिजा निल आएपछि बैतडीको एक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिएका छन् । जिल्लाको पाटन नगरपालिका–१ शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका हुन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिंहरावल समक्ष राजीनामा बुझाएका लुहारको राजीनामा आइतवार नै स्विकृत गरेको विद्यालय स्रोतले जनाएको छ । नगरस्तरिय परीक्षामा कक्षा ८ मा शूल्य नतिजा आएको छ भने कक्षा १ देखि ९ सम्म ८ बाहेक वडा स्तरिय परीक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उत्तीर्ण भएका छन् ।

नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेको विद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्रधयानाध्यापकबाट राजीनामा दिएको शिक्षक लुहारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *