वैशाख ३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
वैशाख ०३, २०८१ । ई.सं. 15 Apr, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ चौलाथ्व । कालयुक्त उत्तरायण वसन्त । सोमबार चैत्र शुक्लपक्ष । तिथि सप्तमी १६:०९ बजेसम्म, त्यसपछी अष्टमी । नक्षत्र पुनर्वशु दिनरात, त्यसपछी पुनर्वशु । योग सुकर्मा ०२:४२ बजेसम्म, त्यसपछी धृति । करण वणिज १६:०९ बजेसम्म, त्यसपछी भद्रा ०४:२४बजेसम्म, त्यसपछी वव । चन्द्रराशि मिथुन । आनन्दादि योग धुम्र । दिनमान १२:४७ । सूर्योदय ५:४१ । सूर्यास्त १८:२८ । भक्तपुर ब्रह्मायणी यात्रा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। खानपिन प्रति सजग रहन बढी जरूरी छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *