सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मण किशोरको दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।

नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

केन्द्रको गठबन्धन विपरित सुदूरपश्चिम सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ । नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन् । उनीहरू अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् ।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् ।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *