कानुन विपरीतका हतियार जफत गरिने

तम्घास । जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हातहतियार म्यादभित्र नवीकरण नभएमा तत्काल नवीकरण गर्नुपर्नेछ ।

इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

अनधिकृत व्यक्तिले हातहतियारको दुरुपयोग गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कानुन विपरीतका हतियार जफत गर्न लागिएको हो ।

पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नभएकाको इजाजत समेत खारेज गरी जफत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कूल दुई सय ८१ हातहतियार दर्ता छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *