म्यानचेस्टर सिटीको सानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ । एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *