कुमारी बैंकको नयाँ वर्षको अफर : भाग्यशाली एक ग्राहकले iPhone१५ जित्ने मौका

काठमाडौँ । कुमारी बैंकले आफ्ना ग्राहकहरूका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ iPhone १५ एकास्सी’ सुचारु गरेको छ ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० को Topup र कुनैपनि एउटा datapack खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु iPhone 15 जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नेछन् । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको बैंकले जनाएको छ ।

नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौँ वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो । कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न सहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *