हुम्लाको भेडीगोठमा आगलागी, गोठालासहित ६० भेडा मरे

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ ।

भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =