बालुवाटारमा प्रचण्ड र ओलीबिच ‘वान टु वान’ वार्ता
२०८० चैत ३० गते

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच उपनिर्वाचन र समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
बैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम–१ र प्रदेश सभा सदस्यतर्फ बझाङ–१ (१)मा उपनिर्वाचन हुँदैछ ।
यता लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । तर एकीकृत समाजवादीले सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको हो ।
सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सहमति नभए विश्वासको मत नदिने अडान राखेर बार्गेनिङ गरिरहेका छन् ।
२०८० चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








