तीर्थयात्री बोकेको ट्रक खस्दा १७ जनाको मृत्यु, ३५ घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले पुष्टि गरेको छ ।

बुधवार राति धार्मिक तीर्थयात्री बोकेको ट्रक जिल्लाको गुलाम हुसेन चट्टा क्षेत्रमा खाल्डोमा खस्दा उक्त दुर्घटना भएको इधी उद्धार संस्थाका स्थानीय प्रतिनिधि अब्दुल हकीमले बताए । चालकले गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताए । सूचना पाएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको थियो ।

उनीहरूलाई थप उपचारको लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्रीहरू दक्षिणी सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लामा रहेको एउटा तीर्थस्थलमा जान लागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *